सोसल मिडिया
युनिकोड
उच्च अदालतले थुनामा पठाउने आदेश दिएपछि रवि लामिछानेले आजै गिरफ्तारी दिने भएका छन्। अदालतको आदेशपछि साँझ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आजै अहिले नै गिरफतारी दिने जानकारी गराएका हुन्।
उनले गिरफतारी दिने बताइरहँदा प्हरी भने उनको घरमा पुगिसकेको छ। प्रहरी पक्राउ गर्न घरमा पुगेपछि उनले सामाजिक सञ्जालमार्फत आफै गिरफतारी दिन लागेको बताएका हुन्।
उनले लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु। म माथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्।’