चैतेदसैँको मासु घाँटीमा अड्किएर अछाममा एकजनाको मृत्यु

शनिबार, चैत २३, २०८१

घाँटीमा मासु अड्किएर अछाममा एकजनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो ।

चैतेदसैँको अवसरमा गाउँमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उनको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो । 

उपचारका क्रममा आज दिउँसो कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिए । 

उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको उनले बताए । 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्