सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले रामनवमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
ओलीले राम मर्यादाको प्रतीक रहेको जनाउँदै उनीबाट लोकप्रियताभन्दा मर्यादाको बाटो सही हो भन्ने बुझ्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले रामको गाथा रहेको रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपारायणको आदर्श चरित्र मान्दै आएको उल्लेख गरेका छन्। उनले प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिएको बताएका छन्।