सिके र रेशमले नयाँ पार्टीको नाम नागरिक जनमत राख्ने, बैशाख १५ मै मिल्ने 

आइतबार, चैत २४, २०८१

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एकीकृत दलको नाम नागरिक जनमत राख्ने सहमति गरेका छन् ।

बर्दियामा बसेको कार्यदलको बैठकले पार्टीको नाम नागरिक जनमत र चुनाव चिन्ह ढकिया राख्ने सहमति गरेको जनमतका उपाध्यक्ष अब्दुल खानले बताए । ‘आयातकार आकारको झण्डामा ढकिया रहने सहमति भएको छ । एकीकृत पार्टीको नाम नागरिक जनमत राख्ने सहमति गर्‍यौँ,’ उनले भने ।

कार्यकारी अध्यक्ष सीके राउत रहने सहमति भएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरियताकी नेता हुने सहमति छ । पार्टीको संरक्षक भने रेशमलाल चौधरी हुने भएका छन् । वैशाख १५ भित्र पार्टीको एकता घोषणा हुने खानले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्