अवैध रूपमा बसोबास गर्ने ८ नेपालीलाई अमेरिकाले लगायो घोक्रेठ्याक, को-को परे ?

आइतबार, चैत २४, २०८१

अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। 

स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो।  

उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको छ। उनीहरुमध्ये पुन, सुवेदी, पुन मगर, पाठक र बुढा अवैध रुपमा तल्लोबाटो (मेक्सिको) हुँदै अमेरिका पुगेका थिए। उनीहरुलाई अमेरिका प्रवेश गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये पासपोर्ट नभएकाको ट्राभल डकुमेन्ट बनाएर अमेरिकाले नेपाल डिपोर्ट गरेको हो। सेन भने अध्यागमन कानुन अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा डिपोर्टमा परेका हुन्। यद्यपी के-के उलंघन गरेको भन्ने खुल्न नसकेको स्रोतले बतायो। 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्