सदनमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ले खित्का छुटायो

मंगलबार, जेठ १, २०८१

सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गर्दा संसद् बैठकमा हाँसो गुञ्जिएको छ । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस वर्षदेखि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ शुरू गरिने घोषणा गरे । 

‘महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालनमा ल्याइने छ,’ उनले भने । राष्ट्रपतिले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ भन्ने शब्द दोहोर्याएका थिए । 

त्यसपछि प्रतिपक्षी बेञ्चका सांसद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतर्फ हेरेर हाँसेका थिए । सांसदहरू हाँसेपछि संसद् बैठकको बाल्कोनीमा रहेका उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरूसमेत मुस्कुराएका थिए । 

सरकारका नीति तथा कार्यक्रममा यो शब्द नयाँ थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्