सोसल मिडिया
युनिकोड
शिक्षकहरूको हडतालका कारण शैक्षिक गतिविधि ठप्प भएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका शिक्षकहरूले सोमबारबाट अनिश्चितकालीन शैक्षिक हडताल सुरु गरेका हुन् ।
शिक्षकहरूले सोमबार पनि काठमाडौंको बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटोभन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ ।
आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौमा केन्द्रित भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघले घोषणा गरेको शैक्षिक हडताललाई विभिन्न शिक्षक संघले समेत समर्थन गरेका छन् ।