आज सेयर बजारमा भारी अङ्कको गिरावट, कति भयो कारोबार ?

सोमबार, चैत २५, २०८१

साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ४५ अङ्कले घटेर २६७० दशमलव ९४ को विन्दुमा पुगेको छ ।

सोमबार ३२२ कम्पनीका ५५ हजार ७१२ पटकको कारोबारमा एक करोड एक लाख ४ हजार ८६६ कित्ता सेयर खरिद बिक्री भइरहेको छ । जसमा कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

२३ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको मूल्य घटेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्