सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक किन डाकियो ?

बुधबार, चैत २७, २०८१

सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बैठक आज (बुधबार) बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्