चोलेन्द्रको पेन्सन मुद्दा छलेर सम्माननीयले जिल्ला अदालतमा के-के देखे ?

बुधबार, चैत २७, २०८१

सर्वोच्च अदालतको बागडोर सम्हाल्दै आएका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा तोकिएको मुद्दा छल्न अनुगमन र निरीक्षण रोजेको तथ्य खुलेको छ। 

कुरा अस्ति चैत २० गतेको मात्र हो। त्यो दिन संवैधानिक इजलासमा रहेको एउटा मुद्दा पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पेन्सन (निवृत्तिभरण) निर्णय सम्बन्धी थियो । प्रधानन्यायाधीशले पहिलेका आफूजस्तै प्रधानन्यायाधीशको पेन्सनबारे निर्णय गर्न आनाकानी गर्दै आएका हुन्। हो त्यसैलाई छल्न उनी सर्लाही पुगेका थिए। 

सर्लाही जिल्ला अदालतको निरीक्षणका नाममा उनले चोलेन्द्रसमशेर राणाको पेन्सन वाला मुद्दा आफैंले छल्न भ्याए। यतिबेला भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश राउतले राणाको मुद्दा लम्बिदै जाने पक्का पाएको छ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्