सोसल मिडिया
युनिकोड
संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१/०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
बिहान १० बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई बोलाइएको छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुँदै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।