सोसल मिडिया
युनिकोड
बुधबार तोलामा दुई हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच हजार सातसय रुपैयाँ बढेको छ। मूल्य बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ।
सुनको मूल्य आज प्रतितोला एक लाख ८१ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ। चार दिन लगातार घटेको सुनको मूल्य बुधबार पनि प्रतितोला दुई हजार रुपैयाँ बढेको थियो। गएको चार दिनमा ६९ सय रुपैयाँ घटेको सुनको मूल्य आज एकैदिनमा ५७ सय रुपैयाँ बढेपछि अहिलेसम्मकै महँगाे बनेकाे हाे। गएको शुक्रबार देखि मंगलबारसम्म सुनको मूल्य लगातार घटेको थियो।
गत साताको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर एक हजार नौसय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।