सोसल मिडिया
युनिकोड
राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ। प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले प्रसाईंलाई म्याद थपका लागि अदालत लगिएको जानकारी दिए।
अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर र सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यहाँ आवश्यक कागजी प्रक्रिया पुर्याएर प्रसाईंलाई अदालत लगिएको हो।
भारतमा पक्राउ परेका प्रसाईंलाई झापाबाट केहीबेर अघि काठमाडौं ल्याइएको थियो। राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी काँकटभिट्टा नाकाबाट आजै बिहान झापा ल्याइपुर्याइएको थियो। झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत् उनलाई काठमाडौं ल्याइएको हो।
उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्कालाई पनि काठमाडौं ल्याइएको छ। दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।