चारदेशीय टी–२० सिरिजको उपाधिका लागि नेपाल र कुवेतको भिडन्त 

आइतबार, चैत ३१, २०८१

हङकङमा जारी चारदेशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपालले कुवेतसँग खेल्दैछ । हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा फाइनल खेल अहिले बिहान सवा ११ बजे सुरु हुँदैछ ।

हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो । लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।

शनिबार हङकङविरूद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको हो । लिग चरणमा कुवेतले हङकङलाई ४ विकेटले र कतारलाई ६ विकेटले पराजित गरेको थियो । कुवेतले समूह चरणमा हङकङ र कतारलाई पराजित गरेको थियो ।

नेपाली टिममा रोहित पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झा छन् ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्