सोसल मिडिया
युनिकोड
नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवामा कम्तिमा दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताएका छन् ।
स्वार्थको द्वन्द्व कम गर्न र पारदर्शिता बढाउनका लागि २ वर्षको कुलिङ पिरियड आवश्यक रहेको उनले बताएका हुन् । ‘कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्ट्रेस्टलाई कम गर्न मद्दत गर्दछ ।’
सरकारी कर्मचारी सेवानिवृत्त भएको २ वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्तिमा निषेध गर्नुपर्ने बहस भइरहेको छ । यद्यपी निजामति विधेयकमा कुलिङ पिरियडलाई कर्मकाण्डी बनाउन खोजेको भन्दै आलोचना भइरहेको छ । निजामती सेवाको उच्च पदबाट अवकाश भएपछि न्यायाधीश, राजदूत, एनजीओ र आईएनजीओमा जागिर खाने बाटो खुलै राख्ने तयारी भइरहेको छ । हाल कुलिङ पिरियड १ वर्ष राखेर कानुन प्रस्ताव गरिएको छ ।