श्रममन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नरबीच शिष्टाचार भेटवार्ता

मंगलबार, जेठ १, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच शिष्टाचार भेटवार्ता भएको छ ।     

भेटमा साइप्रस र नेपालबीच श्रमलगायत आपसी हितका विषयमा छलफल भएको थियो । छलफलमा श्रममन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गर्नुभएको श्रममन्त्रीको सचिवालयले जानकारी दिएको छ । 
    
साइप्रस सरकारले माग गरेअनुसार श्रमिक पठाउन तालिम सञ्चालन गर्नुपर्ने भएकाले सहयोग गर्न समेत मन्त्री अर्यालले आग्रह गरे। साइप्रसमा हाल २० हजार नेपाली श्रमिक छन् । सेवा क्षेत्र र घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक साइप्रस पुगेका छन् । 

साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताए  । भेटमा साइप्रसका हाइ कमिश्नर व्रियोनाइड्सले दक्ष नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्