सोसल मिडिया
युनिकोड
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु हटाएको छ । हनुमान जयन्तीका अवसरमा दुई समुदायबीच झडपको स्थिति बनेपछि पर्सा प्रशासनले गत शनिबार साँझदेखि हिजो आइतबार राति १२ सम्म सो क्षेत्रमा कर्फ्यु लगाएको थियो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यु हटाइएका हुन् । कर्फ्यु हटाइए पनि परिस्थिति पूर्ण रूपमा सामान्य नभइसकेकाले केही क्षेत्रमा निषेधाज्ञाको आदेश जारी राखिएको छ ।
०८२ वैशख १ गते देखि अर्को आदेश नभएसम्मका लागि पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लगाइएको हो ।