सोसल मिडिया
युनिकोड
निलम्बित न्यायाधीश भुवन गिरी कारागार मुक्त भएका छन् । वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि उनी सोमबार बिहान १० बजेतिर डिल्लीबजार कारागारबाट छुटेका हुन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई आइतबार वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको थियो । डिल्लीबजार कारागारका सहायक प्रशासक शेरबहादुर थापाले फैसलाको कागजात आइपुगेपछि गिरी आज बिहान थुनामुक्त भएको जानकारी दिए ।
यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठमा वैवाहिक बलात्कार मुद्दामा गिरीलाई दोषी ठहर गर्दै वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । गरीलाई उनकै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरिएकी थिइन् ।