एमालेले लोकतन्त्र दिवसका दिन काठमाडौंमा शक्ति प्रदर्शन गर्ने, कम्तिमा एक लाख उतार्ने

सोमबार, वैशाख १, २०८२

नेकपा एमालेले लोकतन्त्र दिवसका दिन काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । वैशाख ११ गते देशैभरका कम्तिमा एक लाख युवालाई काठमाडौंमा उतारेर लोकतन्त्रको ‘सेलेब्रेसन’ गर्न लागेको हो ।

नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले काठमाडौंमा हुने शक्ति प्रदर्शनमा देशभरबाट कम्तिमा एक लाख युवासहभागी हुने जानकारी दिए । उनले युवाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए । थेवेका अनुसार कार्यक्रम भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बैशाख ११ गते शुक्रबार देशभरका युवाहरुलाई काठमाडौंमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गरेका छन् । युवाहरूको महोत्सव कुनै विचार गोष्ठी र सम्मेलन नभएर ‘सम्मिलन’ भएको पनि ओलीको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्