नेप्से बढ्यो, कति भयो कारोबार ?

मंगलबार, वैशाख २, २०८२

नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा पुगेको छ। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रिन डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो। 

आज बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.६९ प्रतिशतले घट्यो। ३२० स्क्रिप्सको २ करोड १८ लाख  ४१ हजार ४७ कित्ता सेयर ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकमका आधारमा बलेफी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २ अर्ब १ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४२ करोड,राधी विद्युत कम्पनीको ३६ करोड,सीईडीबी होल्डिंक्सको ३२ करोड र हिमालयन रिइन्स्योरेन्सको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये २१२ स्टक्सको मूल्य बढ्दा ३४ वटाको घट्यो। दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक घटेको हो।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्