सोसल मिडिया
युनिकोड
तीनकुनेमा चैत १५ मा ज्यान मार्ने उद्देश्यले प्रहरीको घेराबाट गाडी चलाएको भन्दै दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योग कसुरमा समेत अनुसन्धान अघि बढेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा पनि अनुसन्धान अघि बढाएको हो । फिल्डमा खटिएका प्रहरी अधिकारीहरूको निवेदनपछि प्रसाइँमाथि उक्त कसुरमा समेत अनुसन्धान अघि बढेको हो ।
अब म्याद थपका लागि पेस गर्दा प्रसाईँमाथि राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराधसँगै ज्यान मार्ने उद्योग कसुर पनि समावेश हुने प्रहरीले जनाएको छ ।
गत चैत १५ गते तीनकुनेमा प्रसाईँले अपशब्द प्रयोग गर्दै प्रहरीको घेरालाई तितरबितर बनाउनेगरी गाडी हुइँक्याएका थिए । प्रहरीले उनलाई रोक्ने प्रयास गरेपछि प्रसाईँले गाडी हुँइक्याएका थिए ।