संसदको बजेट अधिवेशनबाट शिक्षकका माग सम्बोधन गर्न कांग्रेस उपसभापति खड्काको माग 

मंगलबार, वैशाख २, २०८२

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सहमतिअनुसार शिक्षकका माग सम्बोधन गरी सडकबाट शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत खड्काले सरकार प्रमुखलाई सुझाव दिएका हुन् । आफ्नो विगतको अनुभवका आधारमा सरकार प्रमुखलाई अनुरोधसहित सुझाव दिएको उनले बताए । 

यसका लागि प्रधानमन्त्रीले नै तत्काल अग्रसरता लिनुपर्ने उनको भनाइ छ । कानुनी रूपमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन गर्न मिल्ने विषयलाई तत्काल निर्णय गरेर टुंगो लगाउन उनले सुझाएका छन् । 

विद्यालय शिक्षा ऐन संसदमा छलफलमा रहेकाले बाँकी कुरा सहमतिका आधारमा चाँडै बस्ने संघीय संसदको बजेट अधिवेशनबाट टुंगो लगाउने गरी सहमति गर्न उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्