कस्तो हुन्छ आज दिनभरको मौसम ? कता-कता बढी पानी पर्छ ?

शुक्रबार, वैशाख ५, २०८२

देशको पूर्वी र मध्य भेगका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम भेगको तुलनामा मध्य र पूर्वी भेगमा पानी पार्ने प्रणाली बढी सक्रिय रहेको छ।

महाशाखाका अनुसार  आज कोशी र मधेश प्रदेश लगायत पहाडी भेगका केही स्थानहरूका साथै बाँकी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ।

मौसमविद्हरूका अनुसार बिहीबारदेखि सक्रिय भएको नयाँ मौसमी प्रणालीले आगामी आइतबारसम्म हावाहुरी र चट्याङसहित वर्षा गराउने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरि मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरो लगायतका बालीहरू अर्को हप्ता मात्र भित्र्याउन किसानहरूलाई आग्रह गरेको छ। विभागले वर्षा र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्