सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ७ बजे छलफलमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दिनभर सडक प्रदर्शनमा रहेका शिक्षक महासंघका पदाधिकारी र आन्दोलन परिचालन समितिका पदाधिकारी बैठकमा जुटेका छन् । आन्दोलनको समीक्षा र थप रणनीति तय गर्न बैठक बसेको आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले बताइन् । बैठकले प्रधानमन्त्रीले बोलाएको बैठकका के-कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि निर्णय लिने शिक्षक महासंघका पदाधिकारीहरुले बताए ।
शिक्षा ऐन जारी गर्न माग राख्दै चैत २० देखि आन्दोलनरत शिक्षक महासंघले यसअघि शिक्षा मन्त्रालयले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको थियो । शिक्षामन्त्री विद्या भट्टराईसँग छलफल गरेर उनीहरुले २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।