दुई दिनका लागि युएईका परराष्ट्रमन्त्री नेपाल आउने, यताकी मन्त्री बैंककमा रमाउने 

सोमबार, वैशाख ८, २०८२

संयुक्त अरब इमिरेट्स (युएई)का परराष्ट्रमन्त्री औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। युएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान (Sheikh Abdullah Bin Zayed Al Nahyan) भोलि (मंगलबार) नेपाल आउन लागेका हुन्।

उनी चार्टर्ड विमानबाट मंगलबार बेलुका नेपाल आइपुग्नेछन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयले शेख अब्दुल्लाहको भ्रमणको आवश्यक तयारी गरिरहेको छ।

नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवा भने यतिबेला बैंकक भ्रमणमा रहेकी छन्। उनको अनुपस्थितिमा युएईका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह नेपाल आउन लागेका हुन्। उनले दुई दिने भ्रमण सकाएर बुधबार स्वदेश फर्किनेछन्।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्