कोशीका प्रमुख सचिव भूमि मन्त्रालयमा तानिए, बढुवा भएकी चन्द्रकला कोशी पुगिन्

सोमबार, वैशाख ८, २०८२

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एक सचिवको सरुवा र एक सहसचिवको बढुवा गरेको छ।

क्याबिनेटले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्माको सरुवा भएको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशका प्रमुख सचिव शर्मालाई रिक्त भूमि सचिवमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। भूमि सचिव अर्जुन पोखरेल केही दिन अघि मात्र अनिवार्य अवकाशमा घर गएका थिए। 

पोखरेल घर गए संगै रिक्त सचिव पदमा चन्द्रकला पौडेल नियुक्ति भएकी छिन् । पौडेललाई बढुवासँगै शर्माको स्थान कोशी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ । अब सचिव हुने पालो शोभाकान्त पौडेलको छ। उनीपछि भूपाल बरालको पालो आउनेछ। 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्