हिजोको भन्दा आज ज्यादा गर्मी हुने, यो हप्ता तापक्रम बढ्ने

मंगलबार, वैशाख ९, २०८२

काठमाडौंमा मंगलबार (आज) सोमबारको तुलनामा बढी गर्मी हुनेछ । हिजो (सोमबार) काठमाडौंमा अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहेको थियो । आइतबार २९.५ डिग्री सेल्सियस रहेको थियो । 

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 

“यो हप्ता तापक्रम बढ्ने देखिन्छ,” उनले भनिन्, “आज काठमाडौंको मौसम सफा हुनेछ । दिनभर घाम लाग्नेछ ।” 

यसैबीच, आज दिउँसो कोसी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 

अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

राति कोसी, वाग्मती, गण्डकी प्रदेशमा केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्