सेयर बजारमा भारी गिरावट, कति भयो कारोबार ?

बुधबार, वैशाख १०, २०८२

साताको कारोबारको चौथो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३८ अङ्कले घटेर २६५५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ६४ हजार १४० पटकको कारोबारमा एक करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ रहेको छ ।

२८ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज राधी विद्युत् कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्