१६ औँ योजना असफल हुने जोखिमले शेखरलाई पिरोल्यो

बुधबार, जेठ २, २०८१

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विगतका योजना असफल भएकाले आउँदो १६ औँ योजना पनि असफल हुने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले आउँदो योजनालाई सफल बनाउन सुझाव पनि दिएका छन् । ‘पुरानै असफल कार्यक्रमको सँगालोको निरन्तरताले कतै फेरि सोह्रौँ योजना वर्ष पनि खेर जाने त हैन ? शंका बढ्यो । अझै समय छ, सुधारौँ, नयाँपनमा जाऔँ ।,’ कोइरालाले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले नयाँ पञ्चवर्षीय योजनाको आधार वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा विकासको गति बढाउने कार्यक्रम अपेक्षित रहेको पनि उल्लेख गरेका छन् । कोइरालाले योजनालाई नयाँपन दिनसमेत सुझाव दिएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्