जब उपेन्द्रको व्रम्हले प्रचण्डलाई दोषी देख्यो, मोर्चामाथि खन्याए तातोपानी

बुधबार, जेठ २, २०८१

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको संयुक्त परियोजनामा आफ्नो पार्टी फुटेको निचोड निकालेका उपेन्द्र यादव समाजवादी मोर्चाबाट अलग भएका छन् । 

उपेन्द्रलाई उनको ब्रम्हले प्रचण्डले नै पार्टी फुटाएको भनेर धक्का दिएपछि यादव अब प्रचण्डलाई देखाईदिने विचारमा पुगेका छन्। आफू विदेशमा भएको बेलामा असन्तुष्ट नेताहरुलाई प्रयोग गरेर पार्टी फुटाईएको भन्दै यादवले सार्वजनिक रुपमै माओवादीको आलोचना गरेका छन् ।
उनले अब फुट्ने पालोपनि प्रचण्डकै पार्टीको भएको भनेर दाबी गरेका छन् । अहिले मोर्चाको संयोजक नेत्रविक्रम चन्द छन् । विप्लवले मोर्चामा एमालेलाई पनि सहभागी गराउनेगरि पहल थालेका छन् । तर, एमालेले भने अहिले मोर्चामा सहभागी नहुने सन्देश दिएको छ ।

अब उपेन्द्र यादव निस्किएपछि भने एमालेले पनि मोर्चाको नेतृत्व गर्नेगरि पहल गर्न सक्ने चर्चा  सुरु भएको छ । प्रधानमन्त्री दाहालले सरकारबाट माधव नेपालको दललाई पनि निकाल्नेगरि आफूलाई मुभ गराएका छन् । माधवको दलको सट्टा नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उनीमाथि एमाले नेतृत्वबाट दबाब परेको छ ।

पार्टी फुटेपछि बिरक्तिएका उपेन्द्र जसरी हुन्छ प्रचण्डलाई र ओलीलाई बदला लिएर देखाईदिने रणनीतिमा होमिएको उनी निकट एक नेताले बताए। 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्