सन्दिपको मुद्दामा आजै फैसला आउने, आठ वर्ष सदर हुन्छ कि बदर ?

बुधबार, जेठ २, २०८१

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आजै फैसला सुनाउने निश्चित भएपछि सुरक्षा व्यवस्था अति कडा पारिएको छ।  मंगलबारदेखि उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भइरहेको छ। आज भने जवाफी बहस भइरहेको छ। 

अहिले जवाफी बहस भईरहेको छ। बहस सकिएपछि फैसला आउने बताइएको छ। इजलासमा आज सन्दीप पनि उपस्थित भएका छन्। पीडित गौशाला–२६ भने आज उपस्थित भएकी छैनन्। हिजो भने उनी उपस्थित थिईन। 

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्षको जेल सजाय सुनाएपछि सन्दीप यसको बदर माग गर्दै उच्च अदालत गएका हुन्।उता पीडित पक्षबाट पनि किशोरी नाबालिग नै रहेकाले सोहीबमोजिम अझ बढी जेल सजाय हुनुपर्ने माग गरी पुनरावेदन गरिएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्