सोसल मिडिया
युनिकोड
सदन खुलाउन सत्ताधारी दलका नेताको दौड बिहानै देखि जारी छ। अहिले गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्रीको च्याम्बरमा पुगेका छन् । सदनको अवरोध हटाउने विषयमा छलफल गर्नको लागि प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेलाई बोलाएका हुन् । उनीहरुबीच भेटवार्ता सुरु भैसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीपनि केहीबेरमा उक्त बैठकमा मिसिने जनाईएको छ । अहिले ओली आफ्नो दलको संसदीय दलको बैठकमा व्यस्त छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेपनि मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ ।
छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । प्रतिनिधिसभाको बैठक भोलि विहान ११ बजेको लागि बोलाईएको छ । सदनको अवरोध हटाउनेबारे अहिले सत्ता गठबन्धनका मुख्य घटका नेतृत्वबीच बैठक बसेको हो । कांग्रेसले छानबिन समिति नबने सम्म सदन चल्न नदिने प्रष्ट पारिसकेको छ। आजै बिहान मात्र सभामुख देवराज घिमिरेले पनि प्रधानमन्त्रीलाई भेटेका थिए।