सुत्यो आज सेयर बजार, कारोबार चाहिँ तीन अर्ब नाघ्यो

बुधबार, जेठ २, २०८१

सेयरबजारमा आज गिरावट देखिएको छ। नेप्से ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा झरेको हो। 

सूचक घटे पनि ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। दिनभरिमा ८४ लाख कित्ता खरिदबिक्रीमा उक्त कारोबार भएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार ६५ कम्पनीको सेयर बढ्दा १७२ कम्पनीको सेयर घटेको र ८ वटाको अघिल्लो मूल्यमै कायम छ। 

आज दुईवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। 

तर आज गुराँस लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। 

सर्वाधिक कारोबारमा आज पिपल्स पावरको ११ करोडको खरिदबिक्री भएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्