प्रचण्ड, ओली र रवि तीनतिर बसेर साउती मार्न थाले

बुधबार, जेठ २, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन नेताबीच छलफल भइरहेको छ । नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आइरहेको छ । 

सदन अवरोधका विषयमा छलफल भइरहेको जनाइएको छ । सिंहदरबार पुग्नुअघि एमाले अध्यक्ष ओलीले संसदीय समिति नबन्ने र सदन सुचारु गरिने दाबी गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्