सिडिओ सहित १३ जनालाई बिशेष अदालतले भ्रष्टाचार मुद्दामा दियो सफाइ

बिहीबार, जेठ ३, २०८१

बिशेष अदालतले धनुषाका तत्कालिन सिडिओसहित १३ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । तत्कालिन सिडिओ बसन्तराज गौतमसहितले सफाइ पाएका हुन् ।

नेपाली सेनाका लागि अधिग्रहरण गरिएको गुठीको जग्गामा नक्कली मोही खडा गरेर भ्रष्टाचार गरेको अभियोग अख्तियारको थियो । जसमा एक करोड १४ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो । सिडिओ अध्यक्षताको मुल्याङकन समितिले अनियमितता गरेको अभियोग थियो । तत्कालिन सिडिओ गौतमले हाल अवकाश पाइसकेका छन् ।

यो मुद्दामा गुठी कार्यालय धनुषाका प्रमुख राजुबाबु पाण्डे, सहायक प्रशासक मनोज कुमार आचार्य, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले पनि सफाइ पाएका छन् । जिल्ला अदालत, धनुषाका तामेलदार हविव साह, गुठीका कार्यालय सहयोगी कामेश्यर राय तथा लेखापढी व्यवसायी प्रमोद कुमार कर्णले पनि सफाइ पाएका छन् ।

गुठीका कर्मचारी राजुबाबु पाण्डे लगायत घुसको अर्काे मुद्दामा भने दोषी ठहर भएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्