नक्कली लाईसेन्स प्रकरणमा सिआइबीले दीपालाई लगायो हत्कडी

बिहीबार, जेठ ३, २०८१

अनुचित लाभ लिएर लाईसेन्स घरघरै पुर्याउनेको गिरोहलाई सिआइबीले छानीछानी समात्न थालेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप एकजनालाई आज बिहीबार नियन्त्रणमा लिएको छ। 

यातायात व्यवस्था विभागमा विगत ३ वर्षदेखि कम्प्युटर अपरेटरका रुपमा कार्यरत दिपा न्यौपानेलाई सिआईबीले नियन्त्रणमा लिएको हो।

नक्कली विवरणका आधारमा अनुचित लाभ लिएर लाईसेन्स छपाईमा संलग्न भएको आशंकामा सिआईबीले उनलाई पक्राउ गरेको हो। यससँग नक्कली लाईसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ।

विभागका महानिर्देशक भएका तीन भाइ समेत प्रत्यक्ष जोडिएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्