नेप्से परिसूचक झिनो अंकले बढ्यो, कारोबार कति भयो ?

बिहीबार, जेठ ३, २०८१

बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। नेप्से ०.७९ अंकले बढेर दुई हजार १८.७६ विन्दुमा कारोबार बन्द भएको छ। सेन्सेटिभ इन्डेक्स ०.२७ अंकले बढ्दा फ्लोट इन्डेक्स ०.०३ अंकले घटेको छ।

आज तीन सय १५ कम्पनीका ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। बुधबार तीन अर्ब ६८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

आज हिमालयन लघुवित्त, जालपा सामुदायिक लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा स्वाभिमान लघुवित्त, सिइडिबी हाइड्रोपावर र ग्लोबल आइएमई लघुवित्तको मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ।

यता माण्डु हाइड्रोपावर र पिपुल्स पावरका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै रकम गुमाएका छन्।

नेप्सेका १३ समूहमध्ये माइक्रोफाइनान्स ३.८० प्रतिशत र अन्य ०.२२ प्रतिशतले वृद्धि हुँदा बाँकी सबै समूहको सूचक घटेका छन्। आज वित्त समूह सबैभन्दा धेरै १.४५ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्