सोसल मिडिया
युनिकोड
जनकपुरधामसहित विभिन्न स्थानमा आज जानकी नवमी मनाइँदै छ । जानकी मन्दिरले जानकी प्राक्टय जन्म महोत्सवको अवसरमा वैशाख २७ देखि ९ गतेसम्म दिवसीय जानकी महात्सव मनाउँदै छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकी जन्म महामहोत्सवको अवसरमा आज बिहान साढे ५ बजे दुधमती शाही स्थान भएको बताए ।
उनले त्यसपछि १२ बजे जानकीको प्राक्टय बधाई मंगलगान र आरती, ४ बजे मन्दिरबाट डोला निस्कने र साँझमा सन्ध्या आरती र त्यसपछि बधाई मंगलगान हुने बताए ।
जानकी जन्म महोत्सवको अवसरमा वैशाख २७ गतेदेखि मन्दिरको प्राङ्गनमा बधाई गान, मंगलगान, सन्ध्या आरती, भजन तथा रामकथा आयोजना हुँदै आएको छ ।
यता, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जानकी नवमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
जानकी नवमी धार्मिक आस्थाका साथै जनकपुरधाम र मधेस प्रदेशकै गरिमालाई विश्वस्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण र प्रचार प्रसारमा मधेस सरकार प्रतिबन्ध रहेको जनाएका हुन् ।
मधेस सरकारले जानकी नवमीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा समेत दिएको हो ।