प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

शुक्रबार, जेठ ४, २०८१

आज ११ बजे बस्नेगरी हिजो स्थगित प्रतिनिधिसभा बैठक आज २ बजेसम्मका लागि फेरि स्थगित भएको छ ।

संसद् सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी दिएको छ ।

यसअघि बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरु आ-आफ्नो रणनीति बनाउन छलफलमा जुटेपछि बैठक स्थगित भएको हो ।

1715930952659-1715931014.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्