सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग समयसामयिक विषयमा छलफल गर्ने भएका छन्।
कांग्रेसको सदन अवरोध, सहकारी प्रकरणलगायत समयसामयिक विषयमा छलफल गर्नका प्रधानमन्त्री दाहालले आज साँझ ६ बजेका बैठक बोलाएको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन्।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने मागसहित निरन्तर रूपमा सदन अवोध गर्दै आएको छ।
११ बजे बस्ने गरि डाकेको प्रतिनिधिसभाको बैठक २ बजेलाई सारिएको छ। आज पनि सदन चल्न नदिने काङ्ग्रेसले प्रष्ट पारेको छ।