सोसल मिडिया
युनिकोड
सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । संसद्को गतिरोध अन्त्यको विषयमा छलफल गर्न बालुवाटारमा बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी छन् ।
यस्तै, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक सहभागी छन् ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरोध गरिरहेको छ ।