सोसल मिडिया
युनिकोड
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।
प्रमुख दलहरु सहमतिको नजिक पुगेकाले आजको बैठक अवरुद्ध नहुने सम्भावना छ। सहकारीको रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेर यसअघिका संसद् बैठक लगातार अवरुद्ध गर्दै आएको थियो।
आजको प्रतिनिधिसभा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।
यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।