संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने कार्यदलको बैठक सुरु

आइतबार, जेठ ६, २०८१

सहकारी ठगीबारे  छानबिन गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । 

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठन गरिएको कार्यदलको बैठक कानुन मन्त्रालयमा सुरु भएको हो । समितिमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, रास्वपा  सांसद शिशिर खनाल र एमालेका प्रमुख सचेतक महेश बर्तौला छन् । 

कार्यदलले संसदीय समितिको कार्यादेश कस्तो रहनेछ भनेर तय गर्नेछ । नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग राख्दै लगातार संसद अवरुद्ध गर्दै आइरहेको छ । संसद्को गतिराेध अन्त्य गर्ने प्रयासस्वरुप हिजो सत्ता तथा प्रतिपक्ष दलले संसदीय समिति गठनमा सहमति गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्