गृहमन्त्रीले सदनमा बोल्ने, पोल चाँही कसैको नखोल्ने

आइतबार, जेठ ६, २०८१

विपक्षी दलहरूको मोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो।

आइतबार बसेकाे विपक्षी मोर्चाको बैठकले गृहमन्त्री लामिछानेको जवाफ चित्त बुझे मात्रै संसद अगाडि बढ्ने दिने बताएको छ। सदन अवरोध नै रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत समेत प्रभावित हुन सक्ने देखिएको छ।

विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्