संसदीय समिति बनेपछि मात्रै सदन चल्ने, को कति गल्ने ? को गल्दै नगल्ने ?

आइतबार, जेठ ६, २०८१

समस्याग्रस्त सहकारी र त्यसमा संलग्न देखिएका व्यक्तिको नाममा छानबिन हुनुपर्ने अडान राख्दै आएको कांग्रेसले संसदीय छानबिन समितिसम्बन्धी कार्यादेश (टीओआर)बारे छलफल गर्न समय मागेको छ। रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्नेमै दलहरु बीच फेरी लफडा परेको छ। 

आज  बिहानदेखि सिंहदरबारमा जारी बैठकमा कांग्रेसले छलफलका लागि २० मिनेटको समय मागेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

‘केही समयमा फेरि बैठक बस्नेगरी नेपाली कांग्रेसले २० मिनेटका लागि छलफल गर्ने भनेर समय मागेको छ,’ बर्तौलाले सिंहदरबार बैठकपछि भने। उनका अनुसार करिब करिब सहमतिको ठाउँमा पुगेपनि फिनिसिङ भने भइसकेको छैन। टीओआरले फेरि होमवर्क गरेर ल्याएको प्रस्तावमा सबै दलको सहमति भयो भने संसदीय समिति बनेपछि मात्रै सदन चल्ने कांग्रेसले बताएको छ। 

सत्तारुढ दलहरूले भने समग्र सहकारीको छानबिन गर्नुपर्ने भएकाले व्यक्ति केन्द्रीत नभई समिति बनाउनुपर्ने पुरानै तर्क आज पनि कार्यदलको बैठकमा राखेका छन्। 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्