धमाधम बसेको कार्यदलले निकालेन फल, रविकै नाममा अझै अलमल

आइतबार, जेठ ६, २०८१

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन सहमत भएका दलहरूबीच कार्यक्षेत्रका विषयमा कुरा मिल्न सकेको छैन। सिंहदरबारमा आज बिहानैदेखि कार्यक्षेत्र तयार गर्न बसेको कार्यदल कुनै निष्कर्षमा नपुगी उठेको छ। 

कार्यदलमा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे विमति छ। प्रमुख प्रतिपक्षी कांग्रेसले कार्यक्षेत्रमै लामिछानेको नाम उल्लेख गरेर उनीमाथि छानबिन हुने सुनिश्चितता खोजेको छ भने सत्तारुढ दलहरू त्यसरी दोषी करार गर्ने गरी कसैको नाम उल्लेख गर्न नहुने अडानमा छन्। 

आजै साँझ फेरि बैठक बसेर सहमतिका लागि प्रयास हुने नेताहरूले बताएका छन्।  बैठकपछि कांग्रेस नेता तथा कार्यदलका सदस्य जीवन परियार गृहमन्त्री रवि लामिछानेमाथि राज्यको निकायले छानबिन गर्न नसक्ने भएरै आफूहरूले संसदीय छानबिन समितिको माग गरेको बताए तर त्यही कुरामा सहमति नभएको उनले बताए।  

यस्तै रास्वपाका नेताा समेत रहेका कार्यदलका अर्का सदस्य शिशिर खनालले गृहमन्त्री अहिले नै दोषी छन् भन्ने भाषाको ड्राफ्ट कांग्रेसले ल्याएकाले स्वीकार गर्न नसकिने बताए।  
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्