सभामुखले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक

आइतबार, जेठ ६, २०८१

सभामुख देवराज घिमिरेले सोमबार विहान प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

सोमबार (जेठ ७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने कार्यक्रम छ।

सो कार्यक्रमका लागि प्रतिनिधि सभाको बैठक बस्नुअघि विहान १० बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।

गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी प्रकरण छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको प्रतिपक्षी दल नेपाली कांग्रेसले भने भोलिको बैठकसमेत अवरोध गर्ने स्पष्ट पारेको छ।

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्