शहरी मन्त्रीले राजीनामा दिने भन्ने कसले चलायो हल्ला ? धमाधम खण्डन गर्दै धनबहादुर

सोमबार, जेठ ७, २०८१

आईतबार दिनभरजसो प्रचण्ड सरकारका एक थान मन्त्रीले खाईपाई आएको मन्त्री पद छोड्छु भनेछन् भन्ने खबर आएपछि मान्छेले कान ठाडा पारे। समाचारमा शहरी विकासमन्त्री धन बहादुर बुढाले आफूले मन्त्रीबाट राजीनामा दिन लागेको विषय उल्लेख थियो। तर त्यो सत्य नभएको त्यतिबेला थाहा भयो जतिबेला मन्त्री स्वयमले त्यसको खण्डन गरे। 

मन्त्री बुढाको स्वकीय सचिवालयले हल्लाले तनाव दिएपछि आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै उक्त समाचारमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेको छ। समाचार चाँही बुढाकै पार्टीका अर्का सांसदको झुटो सूचनाका आधारमा तयार भएको बुझिएको छ। 

जारी विज्ञप्तीमा भनिएको छ-“म नेकपा (एकीकृत समाजवादी) पार्टीको एक बफादार तथा इमान्दार सिपाहीँ हुँ र यस पार्टीको निर्णय र निर्देशन इमानदारिताका साथ पूरा गर्न दृढ छु । मलाई पार्टीले पूर्ण रुपमा विश्वास गरी मन्त्री पदको जिम्मेवारीमा पठाएको र म यो देशको जिम्मेवारी नागरिकको साथै यस पार्टीको जिम्मेवार नेता र कर्णालीको एउटा विकट जिल्ला डोल्पाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद भएको नाताले मैले आफ्नो जिम्मेवारी पूर्णरुपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

राजीनामा दिन लागेको भनेर आएको समाचार भ्रमपूर्ण कुरा भएको भन्दै त्यसमा विश्वास नगर्न आम जनतासामू उनको अपिल छ । उनले आफूलाई पार्टीका नेता तथा कार्यकर्ता कसैले पनि आर्थिक रुपमा दबाब नदिएको समेत स्पष्ट पारेका छन् ।

यस्तो छ विज्ञप्ती

dhan-bahadur-budha-1716178261.webp
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्