सभामुखलाई सत्ता पक्षको कारिन्दा ठहर गर्दै प्रतिपक्षी दल झन् भए उग्र
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी प्रकरणमा सदन र सडक दुवैतिरबाट संसदीय छानबिन समिति माग गर्ने निर्णय गरेको छ।
सोमबारको प्रतिनिधिसभा बैठकलगत्तै बसेको विपक्षी दलहरूको बैठकले सभामुख देवराज घिमिरेको भूमिकामाथि समेत प्रश्न उठाएको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए। सभामुखले पेलेर बैठक चलाएको उनीहरुको निचोड छ।
‘सहकारी प्रकरणमा थप सशक्त भएर प्रस्तुत हुन्छौँ,’ उनले भने, ‘हाम्रो बैठकले सभामुखको आफ्नो पदीय जिम्मेवारीमा रहनुभएन भन्ने निष्कर्ष निकालेको छ।’ सोमबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोधकाबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए। यो घटनालाई गम्भीर रुपमा बैठकले लिएको पनि उनले बताए। विपक्षी थप आक्रामक हुने संकेत देखिएको छ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १५:२१
प्रतिक्रिया दिनुहोस्