सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाको हिजो आईतबारको बैठकमा उपप्रधान समेत रहेका गृहमन्त्री रवि लामिछानेले कांग्रेस र सो पार्टीका केही नेतालाई दुत्कार्नु सम्म दुत्कारे। गृहमन्त्रीको हैसियतमा उनले बोलेका शब्द शोभनीय भने पटक्कै थिएनन्। आफू विरुद्व कांग्रेस लागेको ठहर सहित उनले सबैनेतालाई एकसरो गालि गर्न भ्याए।
रविको गालीको निशानामा कांग्रेस उपसभापति धनराज गुरुङ पनि परे। गुरुङ्गलाई रातो पासपोर्ट बेचुवाको आक्षेप लगाएका थिए। आज उनै गुरुङ्गले रविलाई अदालतको अपहेलना मुद्दा लगाएर जाक्नु पर्ने जिकिर सहित संसद सचिवालय गुहारेका छन्। अदालतले आफूलाई २०६४ सालमै सफाई दिएको भन्दै गुरुङ फैसलाको प्रति सहित संसद सचिवालयमा निवेदन दर्ता गरेका छन्।